'राजनीतिक दबाबमा परेर प्रहरीले काम गर्दैन'
भीमदत्तनगर: प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रवार आयोजना गरेको शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उनले भने,'दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ।'
महानिरीक्षक अर्यालले राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने हो तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्नेमा जोड दिए।
कञ्चनपुरलगायत सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताए।