भारतीय गाडीको ठक्करले मनिषाको ज्यान गयो

भारतीय गाडीको ठक्करले मनिषाको ज्यान गयो

विराटनगरः कोसी राजमार्ग अन्तर्गत विराटनगर–३ मा भारतीय नम्बरको गाडिले ठक्कर दिदा एक नेपालीको मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेटको एन एल ०१ जी ००१३७ नम्बरको लहरीले को ७ प ४५२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार मोरङको कोसीहरैंचा नगरपालिका ३ की ३५ वर्षीय मनिषा बस्नेतको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मनिषाका पति शुक्र बस्नेत सामान्य घाइते भएका छन् । दशैंका लागि सामान खरिद गरेर भारतको जोगवनीबाट फर्कदै गर्दा बस्नेत दम्पत्ती दुर्घटनामा परेको शिवाकोटीले बताए ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लहरीले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिदा मनिषा लहरीको बीचको चक्कामुनि परेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.