हवाइ टिकटका लागि मन्त्रीदेखि सचिवसम्मको दबाब

हवाइ टिकटका लागि मन्त्रीदेखि सचिवसम्मको दबाब

नेपालगन्जः कर्णालीबासीलाई जहिले पनि सहजरुपमा घर पुग्न मुस्किल नै हुन्छ। धेरै सकस भेल्नु पर्छ कर्णालीका जिल्ला पुग्न। अझ चाडबाडका बेला त झन् घर पुग्नै मुस्किल हुन्छ। कर्णाली अञ्चलका सबै जिल्लामा यातायातको सहज व्यवस्था नहुँदा हवाइ मार्गबाट घर जानु पर्ने बाध्यता छ।

अझ दशैंमा कर्णालीबासीलाई घर जान हवाइ टिकट पाउनै मुस्किल छ। हवाइ टिकटका लागि मन्त्रीदेखि सचिवसम्मको दबाब आउने गरेको वायु सेवा निगमका एक कर्मचारी बताए। उनले भने,‘ टिकट उपलब्ध गराउन सचिवदेखि मन्त्रीसम्मको दबाब आउँछ, उनीहरुलाई दिने कि सर्वसाधरण यात्रुलाई, साह्रै गाह्रो छ।’

हरेक वर्षजस्तै यो वर्ष पनि कर्णालीका बासिन्दा हवाइ टिकट नपाएर दशैंमा घर जान समेत बञ्चित हुने अवस्थामा सिर्जना भएको छ। टिकट नपाएर ठूलो संख्यामा कर्णालीबासी नेपालगन्जमा अलपत्र परेको छन्। टिकटका लागि लामो समय नेपाल वायु सेवा निगमको कार्यालय धाइरहँदा पनि टिकट पाउन नसकेको डोल्पाका विद्यार्थी कुमार पुन मगर बताउँछन्।

‘एक हप्तादेखि टिकटको लागि आइरहेको छु र टिकट छैन् मात्र भन्छन्,’ विद्यार्थी पुन मगरले भने। पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा पढ्ने विद्यार्थी पुनमगर दशैंमा घर जान भनेर एक हप्ता अघि पोखराबाट नेपालगन्ज आएका हुन्। ‘होटलमा बस्दा बस्दै पैसा नै सकिसक्यो, टिकट पाइँदैन, अब के गर्ने होला,’उनले भने,‘काउण्टर खुल्न नपाउँदै टिकट सकियो भन्छन्।’

नेपालगन्जस्थित जेभिएन उच्च माविमा कक्षा १२ मा अध्ययरत डोल्पाकी सरिता पुनको पीडा पनि उस्तै छ। ‘टिकट काट्न आयो सकियो भन्ने मात्रै उत्तर आउँछ,‘सरिताले भनिन्,‘दशैं मनाउन घर पनि जान नपाउने भइयो जस्तो छ।’डोल्पाकै निर्मला गुरुङले भनिन्,‘दुई हप्ता हुँदासम्म उडान नै भएको छैन्। कसरी हामी घर जाने होला। डोल्पामा न गाडी जान्छ न घोडा नै, न त प्लेनको टिकट नै पाइन्छ।’

टिकट लिँदासमेत उडान नभएको गुनासो समेत कर्णाली बासीको छ। कर्णालीको हुम्ला, मुगु र डोल्पाका लागि हवाइ मार्गको विकल्प छैन। नेपाल बायु सेवा निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख किरण श्रेष्ठले एउटा मात्रै जहाजले दशैं भरि उडान भर्नु पर्ने बाध्यता कारण कर्णालीका नियमित उडान गर्न नसक्दा दशैंमा समस्या हुने गरेको बताए। उनले भने,‘वायु सेवा निगमसँग एउटा मात्रै जहाज छ। यसले देशभर उडान गर्नु पर्छ ,एउटाले कहाँ मात्रै भ्याउने।’

उनले तालिका अनुसार उडान गर्न पाए दशैंमा पनि समस्या नहुने दाबी गर्छन्। प्रमुख श्रेष्ठले एउटा मात्रै जहाज भएको कारणले समेत नियमित उडानमा समस्या भएको बताए। हुम्लामा हप्तामा ३ पटक, डोल्पा, बाजुरा, जुम्ला, मुगुको तल्चामा २/२ पटक उडान भर्नु पर्ने हवाइ तालिका छ।

१४ जना यात्रु अट्ने सानो जहाजमा १० वटा टिकट यात्रुको लागि खुला गरिएको छ। दुईवटा सिट सरकारी कार्मचारी र दुईवटा सिट पर्यटक लागि छुट्याइएको निगमका क्षेत्रीय प्रमुख श्रेष्ठले बताए। उनले एक हप्तापछि अर्को जहाज आएमा हवाइ टिकटमा केही सहजता आउने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.