दसैंमा राजधानीको सुरक्षा व्यवस्था कडाः तीन घेरामा प्रहरी परिचालन

दसैंमा राजधानीको सुरक्षा व्यवस्था कडाः तीन घेरामा प्रहरी परिचालन

काठमाडौं: दसैंमा राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाइने भएको छ । चार हजार बढी सुरक्षाकर्मी परिचालन गरि चोरी, डकैती र लुटपाटलाई नियन्त्रण तर्फ प्रहरी केन्द्रित रहने प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर टेकुले शुक्रबार पत्रकार सम्मेलन गरी तीन घेरामा प्रहरी परिचालन गरिने जानकारी दिएको छ । देश विदेशबाट घर फर्कने र उपत्यकाबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरु समेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि किसिमको, असामाजिक, अप्रिय र अपराधिक घटना घटन नदिने दाबी प्रहरीले गरेको छ ।

परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाले गस्तीको संख्या बढाएर प्रहरी परिचालन गर्ने बताए । उनले भने, ‘साइकल, मोटरसाइकल, मोटर र पैदल गरी प्रहरी परिचालित गरिने छ, यो सँगै चेक प्वाइन्ट बढाएर नाकामा तालिमप्राप्त कुकुर राखेर सुरक्षा जाँच गरिन्छ ।’ कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा अनुगमनमा समेत तिव्रता दिने परिसरले बताएको छ ।

‘विशेषगरि चोरी, जुवातास, गुण्डागर्दी, पाकेटमारी, कालोबजारी नियन्त्रणमा हामी केन्द्रित हुन्छौं, यो सँगै आर्थिक कारोबार हुने कार्यालय बैंक तथा वित्तिय संस्था र गहना पसलमा समेत प्रहरी निगरानी बढाइने छ, एसएसपी खड्काले भने । उनले आपराधिक सूचना संकलनका लागि अपराध महाशाखाको समन्वयमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिने बताए ।

परिसरले ट्राफिक प्रहरीको समन्वयमा यात्रुलाई सहज यात्रा गर्न र सेवाग्रहीलाई ठगीनबाट रोक्न राजधानीमा राखिएका नौ स्थानमा हेल्प डेक्समा समेत सादा पोशाकमा प्रहरी खटाउने भएको छ ।

‘चोरी नियन्त्रण गर्न विभिन्न समयमा चोरी योजना बनाई प्रहरी कारबाहीपछि छुटेकामाथि निगरानी बढाउने र कारागारमा जीवन विताइरहेका चोरीका अभियुक्तसँगको सूचनाका आधारमा प्रहरी परिचालित गरिने छ, एसएसपी थापाले भने,‘ चोरीको सामान किन्ने र बिक्री गर्नेमाथि समेत निगरानी गर्छौं,’ उनले भने ।

उनले राजधानीमा रहेका तीन सय ३५ वटा सीसीटीभीमार्फत मुख्य चोक व्यापारिक केन्द्र र काठमाडौं प्रवेश गर्ने नाकामा निगरानी बढाइने बताए । ‘सर्वसाधरणले प्रहरीको कन्ट्रोल नम्बर १०० र ट्राफिकको १०३ मा घटनाको सूचना दिएमा मात्रै पनि प्रहरी परिचालित गरेर कारबाहीमा जुट्छौं, एसएसपी थापाले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.