प्रहरीको सवारी साधनबाटै ट्राफिक नियम उल्लङ्घन हेरिने

प्रहरीको सवारी साधनबाटै ट्राफिक नियम उल्लङ्घन हेरिने

 

काठमाडाैं: सवारी साधन प्रयोगकर्ता कतै तपाईंले सवारी नियम उल्लङ्घन त गरिरहनुभएको छैन? होसियार अब ट्राफिक प्रहरीका सबारी साधनमा जडिएका ड्यास बोर्ड क्यामराले पनि तपाईका गतिविधि नियाल्ने भएको छ।

ट्राफिक प्रहरीका समस्यालाई पछिल्लो समय केही हदसम्म सहज तुल्याउने उद्देश्यले लक्ष्मी हुण्डाई प्रालिले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज ५० थान क्यामरा प्रदान गरेको छ।

क्यामेराले १० देखि २० मिटर अगाडिसम्मको सवारी साधनलाई सहजरुपले देख्न सक्छ । पछिल्लो समयमा ट्राफिक प्रहरीले सबारी नियम उल्लङ्घन गर्ने चालकलाई पक्राउ गर्न गोप्रो क्यामरा, वडिवन क्यामरा प्रयोग गर्दै आएकामा आजदेखि ड्यास बोर्ड क्यामराको समेत प्रयोगमा ल्यएको हो।

महाशाखाका प्रमुख प्रकाश अर्यालले बत्ती नभएका बेला ट्राफिक प्रहरीले सिठी फुकेर ट्राफिक व्यवस्थापन गरिरहेका बेला यस्ता क्यामराले ट्राफिक व्यवस्थापनमा केही हदसम्म सहज हुने बताए। उनले भने,'उपत्यकामा दैनिक एकसयभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई सिसी क्यामराको माध्यामबाट समात्दैआएका थियौ,अब यस क्यामराको प्रयोगबाट पनि नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न सजिलो हुनाका साथै यस्ता घटना पनि न्युनिकरण हुँदै जान्छ।'

लक्ष्मी हुण्डाई प्रालिका प्रमुख अञ्जन श्रेष्ठले सडक सुरक्षाका बारेमा चर्को बहस उठेको समयमा यो क्यामराले सडक सुरक्षामा थोरै भए पनि सहयोग पुग्ने भएकाले उपलब्ध गराइएको बताए। यसबाट समाजप्रति उत्तरदायित्व र व्यवसायमा सहयोग हुने अपेक्षा उनले गरे। 

श्रेष्ठले आगामी दिनमा समेत प्रहरीसँग सहकार्य गरेर आफूहरु अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.