पर्वतमा ३२ जना फरार अभियुक्त पक्राउ

पर्वतमा ३२ जना फरार अभियुक्त पक्राउ

कुश्माः जिल्ला प्रहरी कार्यालय पर्वतले फरार सुचीमा रहेका व्यक्तिहरु खोजि कार्यलाई तीब्रता दिएको छ। गत सोमबारदेखि सञ्चालन गरेको अभियानबाट प्रहरीले विभिन्न स्थानका फरार व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गरेको हो।

प्रहरीले सञ्चालन गरेको अभियानबाट १ लाख १४ हजार भन्दा बढि जरिवाना असुल उपर भएको छ भने १४ वर्ष डेढ महिना कैद सजाय असुल उपर गरेको छ। प्रहरीले यसरी फरार रहेका व्यक्तिहरुलाई विभिन्न मातहतका प्रहरी चौकीहरुको सहयोगमा नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिए।

प्रहरीले अभियान सञ्चालन गरेपनि केही व्यक्तिहरु भने स्वयं अदालतमा उपस्थित भएर आफ्नो दण्ड जरिवाना तथा सजाय फछ्यौट गरेका छन्। अभियानपछि बाजुङ–१ का गणेशबहादुर बानियाले स्वयं उपस्थित भइ सार्वजनिक अपराध अन्तर्गत लागेको ५ हजार जरिवाना बुझाएका छन्।

नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये २८ दिन देखि ३ बर्ष कैद सजाय र १ सय २५ रुपैँया देखि १० हजारसम्म जरिवाना लागेका छन्। अहिले पर्वत जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेर कारबाही सुनाइएका तीन सय ३८ जना व्यक्ति अझै फरारको सूचीमा रहेको अदालतको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.