चरिकोट अस्पताल प्रकरण: सहायक सिडियो र डिएसपीलाई काठमाडौं तानियो

चरिकोट अस्पताल प्रकरण: सहायक सिडियो र डिएसपीलाई काठमाडौं तानियो

चरिकोटः दोलखाको चरिकोट अस्पतालमा एक बालकको मृत्यु भएपछि चिकित्सकहरुलाई माफी मगाइएको घटनाले चर्को रुप लिएपछि सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले र प्रहरी नायब उपरीक्षक रविन कार्कीलाई काठमाडौं तानिएको छ।

अस्पतालका डाक्टरहरुले असुरक्षित भएको भन्दै इमर्जेन्सी सेवा समेत बन्द गरेर काठमाडौं आएपछि गृहमन्त्रालयले सोधपुछको लागि भन्दै सहायक प्रमुख जिल्ला अधिकारी आले र प्रहरी नायब उपरीक्षक कार्कीलाई काठमाडौं तानिएको हो।

प्रस्तावित चरिकोट अस्पतालमा भीनपा–१० का नवराज रिजालका साढे दुई वर्षीय छोरा महादेव रिजालको गत शुक्रवार मृत्यु भएपछि उत्पन्न विवाद अझै टुंगिएको छैन। शनिबार दिउँसो मृतक पक्ष र अस्पताल ब्यबस्थापनबचि सहमति गराएर निर्णय सुनाउँदा भिडबाट चिकित्सकलाई जर्बजस्ती माफी माग्न लगाइएको आरोप लगाउँदै चिकित्सक संघले विरोध जनाएपछि दुवै सुरक्षा अधिकारीहरुलाई बयानका लागि राजधानी झिकाइएको हो। चिकित्सक संघ लगायत चिकित्सकहरुको विभिन्न पेशागत संघसंगठनले चिकित्सकलाई माफी प्रहरी प्रशासनकै आडमा माग्न लगाएको भन्दै विज्ञप्ति जारी गरेका थिए।

यता पीडित पक्षले भने डाक्टरले माफी माग्ने क्रममा प्रहरी प्रशासनको कुनै पनि हात नरहेको बताउँदै उनीहरुलाई अनावश्यक दुःख नदिन आग्रह गरेका छन्। मृतक बालकका हजुरबुबा इन्द्र रिजालले सहायक सिडियो र डिएसपीले सहमति गराएर बाहिर निस्किएको र माफी माग्ने क्रममा प्रहरीले अस्पताल प्रशासनलाई नै सुरक्षा दिन आएको बताए।

उनले आफुहरु अहिले पनि अस्पताल सञ्चालन गर्नुपर्ने पक्षमा रहेको र छानविन समितिले सार्वजनिक गर्ने रिपोटको पक्षमा आफु रहेको बताए। रिजालले इमर्जेन्सी सेवा बन्द गराएर आन्दोलनमा उत्रिनु भनेको छानविन समितिले सार्वजनिक रिपोटलाई डाकछोप गरी आफ्नो गल्ति लुकाउन खोजेको आरोप लगाए। पीडित परिवारले टुंगिसकेको घटनालाई उचालेर आफूमा पीडा थपेको जनाएका छन्।

यसैबीच स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन टोलीले शुक्रबारबाट घटनाबारे छानविन शुरु गरेको छ।

‘डाक्टरले बिरामीको नाडी समेत छामेनन्’

मृतक बालकका हजुरबुबा इन्द्रबहादुर रिजालले भने चिकित्सकले आफ्नो बिरामी नातिको नाडी समेत नछामिदिएको दुखेसो गृहमन्त्रालयका सहसचिव लोकनाथ पौडेलसाम पोखेका छन्। उनले जिल्ला प्रशासन कार्यालय दोलखाको रोहबरमा भएको छलफलको क्रममा रिजालले डाक्टरलाई पटक–पटक हेरिदिन आग्रह गर्दा पनि वास्ता नगरेपछि आफ्नो नातिको मृत्यु भएको बताए।

उनले बच्चालाई लिएर अस्पतालको कोठा कोठामा भौतारिँदै हिड्दा पनि डाक्टरहरुले वेवास्था गरेपछि आफ्नो नातिको ज्यान गएको र पछि मृत्यु सर्टिफिकेटमा आफुहरुले अथक प्रयास गर्दा पनि निमोनिया र दुध सर्केर मृत्यु भएको भनि झुटो रिपोट बुझाएर आफुहरुलाई झन् पीडित बनाएको बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.