सलमानले भनेः पाकिस्तानी कलाकार आतंकवादी होइनन्, किन प्रतिबन्ध लगाउने ?

सलमानले भनेः पाकिस्तानी कलाकार आतंकवादी होइनन्, किन प्रतिबन्ध लगाउने ?

एजेन्सीः भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएको भन्दै सलमान खानले त्यसको विरोध गरेका छन् । शुक्रबार सलमानले पाकिस्तानी कलाकार आतंकवादी नभएकाले प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

भारत र पाकिस्तानबीच युद्धको खतरा बढ्दै गएपछि पाकिस्तानी कलाकारलाई भारतमा चलचित्र खेल्न प्रतिबन्ध लगाइएपछि सलमानले त्यसको विपक्षमा अभिव्यक्ति दिएका हुन् । सलमानले सबै पाकिस्तानी कलाकार भिसा लिएर भारतमा आएकाले उनीहरुलाई आतंकवादीको व्यवहार गर्नु नहुने बताए ।

सलमानले भने ‘कलाकार र आतंकवाद फरक कुरा हो । के कलाकार आतंकवादी हुन् ? उनीहरु भीसा लिएर भारत आएका हुन्छन् । उक्त भीसा सरकारले नै दिने गरेको छ ।’

सलमानले भारत र पाकिस्तानको स्थिती सामान्य र शान्त हुनु आवश्यक रहेको उल्लेख गर्दै भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकलाई ‘एक्सनको रियाक्सन’ भएको प्रतिक्रिया दिए ।

भारतमा पाकिस्तानी कलाकारलाई चलचित्रमा खेल्न प्रतिबन्ध लगाएको प्रति निर्माता करण जोहर र नायिका जुही चावलाले यस अघि नै आपत्ति जनाइसकेका छन् ।

शुक्रबार दिल्लीमा एक स्टोरको उद्घाटन कार्यक्रममा सलमानले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउनु नहुने तर्क गरेपछि उनको बोलीको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.