टिकट नपाउँदा कर्णालीवासी नेपालगन्जमा अलपत्र 

टिकट नपाउँदा कर्णालीवासी नेपालगन्जमा अलपत्र 

नेपालगन्जः दसैंमा घर जान हवाई टिकट नपाएपछि कर्णालीका बासिन्दा नेपालगन्जमा अलपत्र परेका छन् ।

हवाई टिकटका लागि मन्त्रीदेखि सचिवसम्मले सोर्सफोर्स लगाउन थालेका छन् । हवाई टिकटको मारामार भएपछि मन्त्रीसम्मको यस्तो दबाब आउन थालेको हो । टिकटका लागि लामो समय नेपाल वायुसेवा निगमको कार्यालय धाइरहेको डोल्पाका विद्यार्थी कुमार पुनमगरले बताए ।

‘एक सातादेखि टिकटका लागि धाइरहेको छु तर टिकट छैनमात्र भन्छन्', पुनमगरले भने । पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्ने पुनमगर दसैंमा घर जान भनेर एक साताअघि पोखराबाट नेपालगन्ज आएका हुन् । ‘होटेलमा बस्दा पैसा सकिसक्यो । टिकट पाइँदैन, अब के गर्ने ? ' उनले भने, ‘काउन्टर खुल्न नपाउँदै टिकट सकियो भन्छन् ।'

नेपालगन्जस्थित जेभीएन उच्च माविमा कक्षा १२ मा अध्ययनरत डोल्पाकी सरिता पुनले पनि टिकट पाएकी छैनन् । ‘टिकट काट्न आयो, सक्किसक्यो भन्ने उत्तर आउँछ', सरिताले भनिन्, ‘दसैं मनाउन घर जान पनि नपाइएलाजस्तो छ ।'

अलपत्र परेकी डोल्पाकै निर्मला गुरुङले भनिन्, ‘२ साता भयो, उडान नै भएको छैन । कसरी घर जाने होला ? डोल्पासम्म न गाडी जान्छ न घोडा नै, न त प्लेनको टिकट नै पाइन्छ ।'

कर्णालीका हुम्ला, मुगु र डोल्पाका लागि हवाईजहाजको विकल्प छैन । जुम्ला भने स्थलमार्गबाट समेत जान सकिन्छ ।

टिकट काटेरसमेत उड्न नपाएकाको गुनासो बेग्लै छ । कर्णालीका हुम्ला, मुगु र डोल्पाका लागि हवाईजहाजको विकल्प छैन । जुम्ला भने स्थलमार्गबाट समेत जान सकिन्छ ।

नेपाल वायुसेवा निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख किरण श्रेष्ठले एउटा मात्रै जहाजले दसैंभरि उडान भर्नुपर्ने बाध्यता भएकाले कर्णालीमा नियमित उडान गर्न नसक्दा समस्या भएको बताए । उनले भने, ‘वायुसेवा निगमसँग एउटा मात्रै जहाज छ । यसले देशभर उडान गर्नुपर्छ । एउटाले कहाँ मात्रै भ्याउने ? '

 

उनले तालिकाअनुसार उडान गर्न पाए दसैंमा पनि समस्या नहुने दाबी गरे । हुम्लामा सातामा ३ पटक, डोल्पा, बाजुरा, जुम्ला, मुगुको तल्चामा २/२ पटक उडान भर्नुपर्ने हवाईतालिका छ ।

टिकटका लागि मन्त्रीदेखि सचिवसम्मको सोर्स आउने गरेका कारण समस्या हुने गरेको निगम स्रोतले जनाएको छ । निगमका एक कर्मचारीले भने, ‘सचिवदेखि मन्त्रीसम्मको सोर्स आउँछ । उनीहरूलाई दिने कि सर्वसाधरण यात्रुलाई, गाह्रो छ ।'

१४ जना यात्रु अट्ने सानो जहाजमा १० वटा टिकट यात्रुका लागि खुला गरिएको छ । २ वटा सिट सरकारी कार्मचारी र २ वटा सिट पर्यटकका लागि छुट्ट्याइएको निगमका क्षेत्रीय प्रमुख श्रेष्ठले भने । उनले एक सातापछि अर्को जहाज आएमा हवाई टिकट पाउन केही सहज हुने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.