एकाधिकार तोडिएपछि यातायात ठप्प

एकाधिकार तोडिएपछि यातायात ठप्प

विदुरः पासाङल्हामु यातायात सेवा समितिले नुवाकोट र रसुवामा एकाधिकार तोडिएको विरोधमा शुक्रबार नुवाकोट र रसुवामा यातायात ठप्प बनाएको छ । नुवाकोट र रसुवामा ३२ वर्षदेखि एकलौटी बस सेवा सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि छुट्टै बस सञ्चालन गरिएको विरोधमा पासाङल्हामुका बस सञ्चालक विरोधमा उत्रिएका हुन् ।

बिहानैदेखि पासाङल्हामु यातायात सेवा समितिका एक सय ५० भन्दा धेरै बस सदरमुकाम विदुरसहित आसपासका सडकमा बस तेस्र्याएर अवरोध गरिरहेका थिए । काठमाडौंबाट नुवाकोट तथा रसुवाबाट काठमाडौंका लागि हिँडेका बस प्रहरीले सुरक्षा दिन नसक्ने जनाएपछि बीचबाटोमै रोकिएका छन् ।

पासाङल्हामु मार्ग, देवीघाट-गल्छी सडकमार्ग तथा छहरे-टोखा सडकका विभिन्न स्थानमा अन्य यातायातका साधन सञ्चालन गर्नै नसकिने गरी पासाङल्हामु यातायात सेवा समितिको अवरोधलाई प्रहरी तथा स्थानीय प्रशासनले हटाउन पहल नगरेको गेर्खुका डा. उद्धव प्याकुरेलले बताए ।

काठमाडौंबाट पारिवारिक कामका लागि घर फर्कन बालाजु टिकट काउन्टर पुगेका प्याकुरेल बसको टिकट नपाएपछि भाडाको ट्याक्सी लिएर नुवाकोटको विदुरसम्म पुगेका थिए ।

पासाङल्हामु यातायात सेवा समितिले ढुंगे, त्रिशूली, बट्टार र पीपलटार क्षेत्रमा बसहरू लाम लगाएर राखेको छ । सडकमार्ग अवरुद्ध हुने गरी बस तेस्र्याएपछि एम्बुलेन्स, व्यक्तिगत सवारीसाधन, भाडाका र अन्य मालवाहक गाडीसमेत आवतजावत गर्न समस्या भएको छ ।

पासाङल्हामु यातायात सेवा समितिले ढुंगे, त्रिशूली, बट्टार र पीपलटार क्षेत्रमा बसहरू लाम लगाएर राखेको छ । सडकमार्ग अवरुद्ध हुने गरी बस तेस्र्याएपछि एम्बुलेन्स, व्यक्तिगत सवारीसाधन, भाडाका र अन्य मालवाहक गाडीसमेत आवतजावत गर्न समस्या भएको बट्टारका व्यापारी दीपक कायस्थले बताए ।

पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले नयाँ बस सेवा सञ्चालनको अनुमति लिएको केरुङ यातायातले केही पुराना बससमेत सञ्चालन गरेकाले विरोधमा उत्रनुपरेको बताए । केरुङ यातायात प्रालिका अध्यक्ष किरण रिजालले पासाङल्हामुले एकाधिकार तोडिएको विरोधमा यात्रा गर्न पाउने सर्वसाधारणको अधिकारमाथि प्रहार गरेको बताए ।

केरुङ यातायात समितिले भने आफ्नो सेवालाई निरन्तरता दिइरहेको नुवाकोट प्रतिनिधि राज बोगटीले बताए । जिल्लाका सुरक्षा निकायलाई आवश्यक सहयोगका लागि आग्रह गरिएकाले आफ्नो समितिका बसले नियमित सेवा दिने उनले बताए ।

बर्सौंदेखि पुराना गाडी सञ्चालन गर्दै आएको पासाङल्हामुको एकाधिकार तोड्दै नयाँ डिलक्स बस सञ्चालनपछि पासाङल्हामु विरोधमा उत्रिएको यात्रुको गुनासो छ । यात्रुले सुविधा सम्पन्न बसमा सुरक्षित यात्रा गर्ने अवसरलाई चुनौती दिँदै पुरानै बसमा यात्रु कोच्न पाउनुपर्ने मान्यता बोकेका कारण यात्रुले हैरानी बेहोर्नु परेको देवीघाटका व्यापारी मीनप्रसाद पुडासैनीले बताए ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले भने सडक मार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । पासाङल्हामु यातायात सेवा समितिका कर्मचारी तथा समितिका व्यक्तिले भने एम्बुलेन्स नै नछिर्ने गरी सडकमार्ग अवरुद्ध गरिएपछि हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराले बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले सडक अवरुद्ध पारेर विरोध गर्ने अधिकार कसैसँग नभएकाले अन्य सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन प्रशासन प्रतिबद्ध रहेको बताए । उनले निर्वाध रूपमा यातायात सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए पनि अवरोध भने हटाइएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.