कांग्रेस नेता सिंह भन्छन्,‘हाम्रो कमजोरीले सरकारमा माओवादी हाबी भयो’

कांग्रेस नेता सिंह भन्छन्,‘हाम्रो कमजोरीले सरकारमा माओवादी हाबी भयो’

काठमाडौंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस ठूलो पार्टी भए पनि सरकारमा भने नेकपा माओवादी केन्द्र हाबी भएको बताएका छन्। 
उनले कांग्रेस नेतृत्वको गम्भीर कमजोरीका कारण कांग्रेस ठूलो पार्टी भएपनि सरकारमा अहिले माओवादी ठूलो पार्टी झै हाबी भएको आरोप लगाएका हुन्।

नेपाली कांग्रेस काठमाडौंले शनिवार बिहान आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले भने,‘कांग्रेस र माओवादीको संयुक्त सरकार छ। तर, नेतृत्वका कारण सरकार सञ्चालनमा कुनै प्रभावकारी भूमिका देखिएको छैन। यसले कार्यकर्तामा निराशा छाएको छ।’

उनले पार्टीका तर्फबाट वार्तामा जानेहरुले आफ्नो फाइदा मात्र हेरेर काम गरिरहेकाले व्यक्ति केन्द्रीत निर्णयले पार्टी र मुलुकको हित हुन नसक्ने बताए। उनले कांग्रेस विधि र विधान अनुसार चल्न सकेमात्र जनताको चाहना अनुरुपको पार्टी बन्न सक्ने भन्दै यसबारेमा सभापतिले गम्भीरताका साथ सोच्नु पर्नेमा जोड दिए।

सिंहले महाधिवेश सकिएको लामो समय भइसकेपनि पार्टीभित्र पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन नसक्नुमा सभापति दोषी रहेको बताए।
पार्टीको भूमिका सरकारमा कमजोर देखिएको भन्दै सिंहले सीमाकंनका विषयलाई छलफलबाट टुंगोमा पुर्याएर मात्र चुनावको वातावरण बन्न सक्ने भएकाले यसमा अग्रसरता कांग्रेसले नै लिनु पर्नेमा जोड दिए।

आफूहरुले केन्द्रीय समितिको बैठक तत्काल डाक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिसकेको भएपनि बैठक नबोलाएकोप्रति आक्रोश पोखे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.