सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीः सिन्धुलीको जलकन्या–२ मा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ।
आचार्यको गाइबस्तु चराउन जंगल गएका बेला जलकन्या–२ को शिद्धबाबा गडी मन्दिर नजिकै चट्याङ लागेर शनिवार जलकन्या–४ का ५३ वर्षीय भुवन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक निर्मल पनेरुका अनुसार आचार्यको मृत्यु भएको खबर प्राप्त भएपछि घटनास्थलको अध्ययन गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल पठाइएको छ।
नवजात शिशुको शव फेला
यसैबीच शनिबार नै सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित ग्वाङ खोला किनारमा एक नवजात शिशुको शव फेला परेको छ।
शिशुको शव सडेर कुहिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।कसैले शिशुलाई मारेर फालेको वा गाडेको अवस्थामा खोलामा आएको बाढीले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ।