ह्यान्डराइटिङ प्रतिस्पर्धामा पहिलो भएकी सपना सम्मानित
काठमाडौंः गोंगबुको बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले ह्यान्डराइटिङ प्रतिस्पर्धामा पहिलो भएकी आफ्ना छात्रा सपना तिवारीलाई शनिबार सम्मान गरेको छ।
ह्यापी किड्स तथा एडु टेकको संयुक्त आयोजनामा असोज १ गते भएको ह्यान्डराइटिङ प्रतिस्पर्धामा सपना पहिलो भएकी हुन्। विभिन्न २ सय ५३ विद्यालयमा कक्षा ८ देखि १० सम्ममा अध्ययरत १ हजार ५ सय विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो।
पारा माउन्ट एकेडेमी सपना कक्षा ९ मा अध्ययनरत छिन् । पढाईंमा पनि सपना पहिलो/दोस्रो स्थानमा आउने गरेको पारामाउन्टका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले जानकारी दिए। प्रिन्सिपल पाण्डेसहित पारामाउन्टका निर्देशक प्रमोद पाण्डेले सपनालाई टीका, खादा लगाइ दिनुका साथै प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।
पढाईंका अलावा अत्तिरिक्त क्रियकलापमा उत्कृष्ट गर्ने विद्यार्थीको हौसला अभिबृद्धि गर्ने उद्देश्यले सपनालाई सम्मान गरिएको प्रिन्सिपल पाण्डेले बताए ।
सोही प्रतिस्पर्धाको छुट्टै विधामा पारामाउन्टमा कक्षा ६ मा अध्ययनरत छात्रा नलिना घर्ती मगर पाँचौं तथा कक्षा २ मा अध्ययनरत छात्रा अपेक्षा पौडेलले छैटौं स्थान हात पारे।