प्रचण्ड लाइसेन्सबिनाको ‘ड्राइभर’: ओली

प्रचण्ड लाइसेन्सबिनाको ‘ड्राइभर’: ओली

काठमाडौँः पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लाइसेन्सबिनाको ‘ड्राइभर’को संज्ञा दिएका छन् ।

शनिबार अन्नपूर्ण मिडिया नेटर्वकको ‘एपी वान’ टेलिभिजन, ‘टुडे’ साप्ताहिक म्यागजिन र अंग्रेजी अनलाइनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘ड्राइभरको सिटमा बस्दैमा सही ड्राइभर हुन सकिन्नँ। असल ड्राइभर हुन लाइसेन्स लिनु पर्छ।’

‘कोहीकोही सोर्स फोर्सका भरमा लाइसेन्स लिएर ड्राइभरको सिटमा बस्न पनि सक्छन्’, ओलीले भने, ‘यस्तो अवस्थाको बारेमा मिडियाले जनतालाई सचेत गराउनुपर्छ।’

ओलीले सार्कको अध्यक्ष राष्ट्र भएर समेत नेपालले आफ्नो भूमिका प्रदर्शन गर्न नसकेकोप्रति प्रधानमन्त्री प्रचण्डको आलोचना गरे।
ओलीले भने,‘सार्कको अध्यक्षको हैसियतले सार्क क्षेत्रमा देखिएको खतरा समाधान गर्न आफ्नो क्षमता देखाउनुपर्छ।’

पूर्वप्रधानमन्त्री ओलीले भारत र पाकिस्तानको विवाद चर्कदै गर्दा सार्क सम्मेलन स्थगित हुँदा सरकार मौन बसेकोप्रति आपत्ति जनाए।

प्रचण्डले प्रधानमन्त्री बने लगत्तै भारत र चीनमा विशेषदूत पठाएकोपति व्यङ्ग्य गर्दै ओलीले भने,‘सरकार फेरिएको जानकारी गराउन होइन, यस्तो अवस्थामा छिमेकी देशको विवाद समाधानका लागि विशेषदूत पठाउनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.