बाइकले ठक्कर दिएको भन्दै श्रीमतीको शव बुझाउने बलराम खोरमा

बाइकले ठक्कर दिएको भन्दै श्रीमतीको शव बुझाउने बलराम खोरमा

भीमदत्तनगर : कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ ।

गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ ।’ इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भने–“टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप रहस्यमय छ ।”

मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारी बजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताउनुभयो । ‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ ।’ रावलले भने– “घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत अनुसन्धान सुरु गरेका छौं ।”

झलारी बजारमा सामान्य उपचार गराइएकी रानालाई थप उपचारका लागि यहाँस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इप्रका झलारीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । महिलाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । त्यसैगरी घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ जादँैछ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.