स्तन क्यान्सर विरुद्ध जनचेतना र्याली
काठमाडौं : स्तन क्यान्सर विरुद्ध जनचेतना फैलाउन राजधानीमा शनिबार वृहत् र्यालीको आयोजना गरिएको छ।
संसारभर अक्टुबर महिनालाई स्तन क्यान्सर विरुद्धको महिना घोषणा गर्दै विभिन्न कार्यक्रम भइरहेका बेला नेपालमा पनि यसलाई अभियानका रुपमा मनाउन लागिएको हो। नेपाल ब्रेस्ट क्यान्सर फाउण्डेशन, ललितपुरस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले शनिबार लगनखेलदेखि जावलाखेलसम्म जनचेतनामुलक र्याली निकालेको छ ।
जावलाखेलमा पुगी सास्कृतिक कार्यक्रम र कोणसभामा र्याली परिणत भएको थियो । कार्यक्रमका सहभागि चिकित्सकले नियमित परिक्षणले स्तन क्यान्सरबाट जोगिन सकिनेमा जोड दिए । र्यालीमा स्वास्थ्यकर्मी, विभिन्न कलेज तथा स्कूलका किशोरीहरुलगायत सहभागी थिए।
बदलिदो जीवनशैली, औषधि र यौनजीवनले महिलाको सबैभन्दा सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरुप बनाउने मात्र नभई उनीहरुको ज्यान समेत लिने क्रम बढेपछि
नेपालमा पनि क्यान्सर उपचारमा संलग्न अस्पताल र विभिन्न फाउण्डेशनहरुले स्तन क्यान्सर विरुद्ध जनचेतना अभियान चलाउँदै आएका छन्।