आज दसैंको दोस्रोदिन, ब्रम्हचारिणी देवीको पूजा गरिँदै
काठमाडौं: नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपिठहरुमा पूजा आजा गरिँदैछ ।
नवदुर्गा भवानीको पूजा गर्ने गर्नेमा आज दसैंको दोश्रो दिन माता ब्रम्हचारिणीको पूजा गर्ने चलन छ । पूजाआजका लागि विहानैदेखि नजिकका शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ ।
विभिन्न नदी, ताल तलाउमा गई नुहाएर पुजाआजा गर्ने भक्तजनहरुको घुईचो लागेको हो । विभिन्न ठाउमा रहेका विभिन्न देवी देवता तथा शक्तिपिठहरुका मन्दिरमा गई पुजाआजा गरिदैछ ।
आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।
नवरात्रको अवधिभर बिभिन्न देवी देउता र शक्तिपिठहरुमा एक चित्त र एकाग्र गरी ब्रत बस्ने चलन छ । नवरात्रमा ब्रत बस्नाले सोचेको मनोकामना पुरा हुने र मागेको कुरा पुग्ने जनविश्वास छ ।