पहिरो गएपछि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक अवरुद्ध

पहिरो गएपछि हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक अवरुद्ध

हेटौडा: मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ।

अाइतबार बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ।

आज दिउँसो मौसम अनुकूल भएमा हेटौँडा–कुलेखानी सडकखण्डको पहिरो हटाइ अाइतबार अपराह्नसम्ममा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राससलाई जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.