ओबीआई वर्ल्डफोनको दसैं तिहार योजना
काठमाडौं: ओबीआई वर्ल्डफोनले दसैं तिहारलाई लक्षित गरेर ग्राहक योजना ल्याएको छ । कम्पनीले 'किनौं ओबीआई यो दसैं तिहार, पाऔं हरेक दिन उपहार' नामक योजना ल्याएको छ । कम्पनीले ओबीआईको प्रमोसन क्याम्पेन पनि सञ्चालन गरेको छ, जसले ग्राहकलाई यो योजनाप्रति अझ आकर्षण गर्ने विश्वास कम्पनीले लिएको छ ।
उक्त योजनाअनुसार ओबीआई स्मार्टफोन खरिद गरी ग्राहकले होन्डाको डियो स्कुटर, सुनको सिक्का र फिलिप्स एलईडी टीभीमध्ये कुनै एक हरेक दिन प्राप्त गर्नेछन् । आइतबारबाट सञ्चालनमा आउने यो योजना मंसिर ४ गतेसम्म चल्नेछ ।
यस योजनाभरि होन्डाको तीनवटा डियो स्कुटर, २३ वटा सुनको सिक्का र २३ फिलिप्स एलईडी टीभी ग्राहकले पाउनेछन् । योजनामा सहभागी हुन ग्राहकले ३३००१ मा आफूले खरिद गरेको ओबीआई वर्ल्डफोनको आईएमईआई नम्बर सन्देश गर्नुपर्ने कम्पनीले जनाएको छ ।