विद्यालय व्यवस्थापक समाज नेपाल गठन
काठमाडौं: विद्यालय व्यवस्थापक समाज नेपाल नामक संस्था गठन भएको छ । संस्थाको सांसद एवं सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्र्रिन्सिपल लक्ष्मण राजवंशीले समाजको उद्घाटन गरे । उनले सफलताको शुभकामनासमेत दिए ।
उक्त कार्यक्रममा समाजका अध्यक्ष तथा सभापति राजेश्वरमान श्रेष्ठले काठमाडौं जिल्लाका ४६ वटा सामुदायिक विद्यालयको अगुवाइमा गैरराजनीतिक उद्देश्य लिई प्राज्ञिक तथा शैक्षिक गतिविधि गर्ने उद्देश्यले समाज गठन गरिएको बताए । समाजले ३८ जना विज्ञान शिक्षकलाई न्यून लागत तथा शून्य लागतमा आधारित दुईदिने तालिम सञ्चालन गर्नुका साथै सहभागीलाई शिक्षाविद् लक्ष्मण राजवंशीले प्रमाणपत्र वितरण गरेका थिए ।