बोस्निया हर्जगोभिनाको सहयोगमा विद्यालय निर्माण
काठमाडौं: गत भूकम्पका कारण क्षति भएको काठमाडौंको गोकर्णेश्वर नगरपालिका ७ स्थित सुन्ताखान माविको नवनिर्मित विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । उक्त विद्यालय भवन बोस्निया हर्जगोभिनाको सहयोगमा निर्माण भएको हो ।
हस्तान्तरण कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, बोस्निया हर्जगोभिनाका राजदूत डा. सबित सुबासिक, नेपालका लागि बोस्निया तथा हर्जगोभिनाका अवैतनिक महावाणिज्य दूत शाहिल अग्रवाल, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, समुदायका प्रतिनिधि, विद्यार्थी, शिक्षक, अभिभावकलगायत उपस्थित थिए ।