कोहिनुर प्लाइउडको कार्पेन्टर भेला
काठमाडौं: कोहिनुर प्लाइउड इन्डस्ट्रिज प्रालिले देशका विभिन्न सहरमा रहेका आफ्ना डिलर, प्रयोगकर्ता र जनसमुदायमाझ आफ्नो बजार व्यवस्थापन, प्रवद्र्धन र ब्रान्डिङका लागि कार्पेन्टर मिट कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम चितवनको नारायणगढमा गत बुधबार भएको थियो ।
कोहिनुर प्लाइउड इन्डस्ट्रिज प्रालि र नारायणगढको डिलर भानु ग्लास हाउसको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा निर्माण ठेकेदार, कार्पेन्टर, फर्निचर मिस्त्री, आर्किटेक्ट गरी एक सय ५० जना उपस्थित थिए । कार्यक्रममा कोहिनुर प्लाइउड इन्डस्ट्रिजका डाइरेक्टर रमेश आचार्य पनि उपस्थित थिए । कार्यक्रममा कोहिनुरका उत्पादनबारे अन्तक्रिया गरिएको थियो ।