हङकङमा नेपालीहरुबीच कुटाकुट, प्रहरीले गोली चलाउँदा दुई घाइते

हङकङमा नेपालीहरुबीच कुटाकुट, प्रहरीले गोली चलाउँदा दुई घाइते

हङकङः हङकङको जोर्डनमा नेपालीहरुबीच कुटाकुट भएको छ। आइतबार बिहान करिब ६ बजेतिर नेपाली युबाहरुको समूहबीच कुटाकुट भएपछि स्थिति नियन्त्रणमा लिन हङकङ प्रहरीले गोल चलाएको थियो।

प्रहरीको गोली लागेर दुईजना नेपाली घाइते भएका छन्। दुई समूह छुरी हाना हानी गरिरहेका बेला प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन चार राउन्ड गोली चलाएको थियो।

दुई समूहबीच छुरी हानाहान भइरहेको सूचना थाहा पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीको गोली लागेर घाइते भएका दुई जनालाई क्वीन एलिजावेथ हस्पिटलमा उपचारका लागि भर्ना गरिएको छ।

घाइतेमध्ये एक जनाको कमर र खुट्टामा तथा अर्काको पाखुरामा गोली लागेको छ। घटनामा संलग्न हङकङबासी नेपाली रहेको बताइएको छ।

 तस्बिर साैजन्य: एचके नेपाल डटकम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.