‘मदन पुरस्कार’ र ‘जगदम्बाश्री पुरस्कार’ वितरण

‘मदन पुरस्कार’ र ‘जगदम्बाश्री पुरस्कार’ वितरण

ललितपुरः मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ ।

गुठीले यहाँ आइतबार आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाएका छन् ।

मदन पुरस्कारबाट सम्मानित स्रष्टा जोशीले आफूले साना तर संवेदनशील विषय उठान गर्दा यो पुरस्कार पाएको बताए । ‘ठूलो कुरा मैले आजको सामाजिक गतिले अँध्यारोमा नै छाड्न खोजेको विषयको उठान ‘ऐना’मा गरेको छु ।’ आफूले पुरस्कार पाउँदा सुदूरपश्चिमले पुरस्कार पाएको अनुभव भएको बताए ।

जगदम्बाश्री पुरस्कारबाट सम्मानित भारतको आसाम निवासी साहित्यकार क्षेत्रीले आफूले यो पुरस्कार नेपाली भाषा साहित्यमा समर्पित स्रष्टालाई दिएको सम्झेको बताए । नेपाली भाषा र साहित्य संस्कृतिले छरपष्ट नेपाली जातिलाई एकताको सूत्रमा बाँधेको उनले बताए । उनले भने, ‘विभिन्न समयमा लेखिएका नेपाली साहित्यको सूक्ष्म अध्ययनको पनि खाँचो छ ।’

पुरस्कारका बारेमा बोल्दै स्रष्टा प्रकाश सायमीले कुनै पनि स्रष्टाले पुरस्कार पाउँदा उसले त्यो समयका समकालीन स्रष्टाको प्रतिनिधित्व गर्ने बताए ।

गुठीका अध्यक्ष कमलमणि दीक्षितले जोशीको ‘ऐना’ले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्षेत्रीले पाएकोमा पनि आफू हर्षित भएको बताउनुभयो । उनले भने, ‘आज यो ऐतिहासिक स्थानमा सम्मान गर्न पाउनु आफैँमा गर्व गर्ने विषय हो ।’

मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशि दुई-दुई लाख रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.