अन्दुवा खोलामा ढुंगानाले बनाए फलामको पुल

अन्दुवा खोलामा ढुंगानाले बनाए फलामको पुल

बिर्तामोड: बिर्तामोडका जयनारायण ढुंगानाले पूर्वपश्चिम राजमार्गमा पर्ने बिर्तामोड भएर बग्ने अन्दुवा खोलामा मान्छे हिँड्ने फलामको पुल निर्माण गरेका छन् । बिर्तामोडको कन्काई एजुकेसन फाउन्डेसनका अध्यक्षसमेत रहेका उनले सवारीसाधनले मान्छेलाई ठक्कर दिन नपाओस् भनेर पुल निर्माण गरेको बताएका छन् ।

उक्त पुल शनिबारबाट सञ्चालनमा आएको छ । ढुंगानाले उक्त पुलको निर्माण गरी रङरोगनको समेत जिम्मा लिएका छन् । पुल सुरक्षाको जिम्मा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले लिएको छ । पुलको लागत भने पुल निर्माताले खुलाउन चाहेनन् । उनले भने, 'मैले समाजका लागि गरेको हुँ । यसबाट मैले आम्दानी लिने नभएपछि यसको लागत खुलाइरहनुपर्छ भन्ने लाग्दैन ।'

पूर्वको मुख्य व्यापारिक सहर बिर्तामोडमा दिनप्रतिदिन जनघनत्व बढिरहेको छ । सवारीसाधन गुड्ने अन्दुवा खोलामा बनेको पक्की पुल सानो र जीर्ण भइसकेको भए पनि ठेलमठेल गर्दै पैदल यात्रुदेखि साइकल, मोटरसाइकल, सिटी रिक्सालगायत सबैखाले यातायातका साधन गुड्ने गर्छन् । दिनहुँ उक्त पुलमा कुनै न कुनै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको रेकर्ड छ ।

ढुंगानाले उक्त पुलको विकल्पका रूपमा फलामे पुल निर्माण हुन् । पुलको क्षेत्रफल ४ फुट चौडाइ र ५७ फुट लम्बाइ छ भने रेलिङ लगाएर यात्रुको सुरक्षा प्रबन्ध मिलाइएको छ । पक्की पुलमा खाँदाखाँद सवारीसाधन र पैदल यात्रु हिँड्दा धेरै दुर्घटना हुन थालेपछि पुल बनाउने इच्छा जागेको ढुंगानाले बताए ।

पुल सञ्चालनमा आएपछि पैदल तथा साइकलयात्रीलाई आवतजावत गर्न सहज भएको स्थानीयले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले अब पुलमा पैदलयात्रीलाई सवारीसाधनले ठक्कर दिने क्रम घट्ने बताए ।

ढुंगानाले बिर्तामोडको ट्राफिक कार्यालय छेउमा दुर्गा मन्दिर, कनकाईमाईमा मलामी वि श्रामस्थल, शौचालय, विभिन्न विद्यालयको निर्माणसमेत गरिसकेका छन् भने विभिन्न विद्यालय तथा क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गर्दै आएका छन् ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.