साओमीको रेडमी नोट ४ बजारमा
काठमाडौं: चिनियाँ कम्पनी साओमीको अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले दसैंको उपलक्ष्यमा रेडमी नोट ४ बजारमा ल्याएको छ । दसैं अफरको योजनासँगसँगै बजारमा भित्र्याइएको नोट ४ मा ५.५ इन्चको स्क्रिन छ । डेकाकोर २.१ गिगाहर्ज प्रोसेसर रहेको यस फोनमा ३ जीबी र्याम र ६४ जीबी रोम रहेको छ ।
१३ मेगापिक्सेल रियर क्यामरा रहेको नोट ४ मा पाँच मेगापिक्सेल फ्रन्ट क्यामरा छ । फिंगर प्रिन्ट सेन्सर रहेको यस फोनमा ४१ सय एमएएच ब्याट्री छ । कम्पनीका अनुसार यसको नेपाली बजार मूल्य ३२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
साथै घटस्थापनाको उपलक्ष्यमा वत्सल इम्पेक्सले आफ्नो आधिकारिक सोरुम लविम मल पुल्चोकमा उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । सोरुममा मीको फोन सेटको साथसाथै मीका टीभी, एअरफोन, स्पिकर, वाटर प्युरिफायर, सेल्फी स्टिक, ट्याबलेट आदि उपलब्ध छन् । केही सातामा न्युरोडको ताम्राकार कम्प्लेक्सअगाडि मीको दोस्रो आधिकारिक सोरुम खोल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।