सिटिजन्स बैंकले पच्चीस प्रतिशत हकप्रद सेयर दिने

सिटिजन्स बैंकले पच्चीस प्रतिशत हकप्रद सेयर दिने

काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको दसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद शर्माको अध्यक्षतामा साधारणसभा आइतबार सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष शर्माले आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकको वित्तीय स्थितिको बारेमा विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

बैंकले आर्थिक वर्ष २०७२/७३ मा थप ११ अर्ब ६१ करोड निक्षेप परिचालन गरी कुल निक्षेप ४७ अर्ब ३९ करोड परिचालन गरेको तथा कर्जा लगानीतर्फ थप ११ अर्ब ३६ करोड वृद्धि गरी कुल ४० अर्ब ५६ करोड प्रवाह गरेको छ । त्यस्तै सोही आवमा बैंकको सञ्चालन मुनाफामा ४२.४५ प्रतिशत र खुद मुनाफामा ४९.९९ प्रतिशत वृद्धि भई क्रमशः एक अर्ब ५६ करोड ४९ लाख तथा एक अर्ब आठ करोड तीन लाख आर्जन गरेको शर्माले बताएका छन् ।

सभाले सम्पूर्ण सेयरधनीलाई वितरण योग्य मुनाफाबाट ७५ करोड ६ लाख ७५ हजार बराबरको बोनस सेयर र कर तिर्ने प्रयोजनका लागि तीन करोड ९५ लाख नौ हजारबराबर नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकको चुक्ता पुँजी आठ अर्ब पुर्‌याउने उद्देश्यअनुरूप बैंकले आफ्नो पुँजी योजनाअनुसार चालू आर्थिक वर्षभित्र १० बराबर २.५ को दरमा हकप्रद सेयर जारी गर्नेसमेत निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.