परवेज मुसर्रफ भन्छन्-पाकिस्तानी सेनाले भारतमाथि जवाफी कारबाही गर्नुपर्छ

परवेज मुसर्रफ भन्छन्-पाकिस्तानी सेनाले भारतमाथि जवाफी कारबाही गर्नुपर्छ

वासिङटन: पाकिस्तानी सेनाका पूर्व राष्ट्रपति एवं सेना प्रमुख परवेज मुसर्रफले पाकिस्तानी सेनाले भारतमाथि जवाफी कारबाही गर्नुपर्ने बताएका छन् ।

वासिङटन आइडियाज फोरममा बोल्दै पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफले भने, ‘म भएको भए भारतलाई जवाफी कारबाही गरिसक्थें ।’ ७३ वर्षीय मुसर्रफले उरीमा आक्रमणपछि देखिएका घटनामा पाकिस्तानले जवाफ दिनुपर्ने स्पष्ट पारेका छन् ।

भारतले कुनै पनि बेला आक्रमण गर्ने डरले चुप लागेर बस्नु पाकिस्तानको पक्षमा नभएको उनको भड्काउपूर्ण भनाइ थियो । उनले पाकिस्तानका प्रधानमन्त्री, रक्षामन्त्री, सेनापति, सबैले यो गम्भीर अवस्था हो भनेर स्वीकार गरे पनि उनीहरू मौन बसेका छन् भन्दै आलोचना गरे ।

पूर्वराष्ट्रपतिले प्रश्न गरे, ‘पाकिस्तानले यस्तो अवस्थामा के गर्छ ? आफूले चाहेको बेला चाहेको ठाउँमा आक्रमण गर्न सक्ने भन्दै पाकिस्तानी अधिकारी बोल्छन् मात्रै ।’ यस्ता भनाइले द्वन्द्वको सम्भावना मात्र बढाउने उनको भनाइ थियो ।

यस्तो भनेर बोल्नु मात्रै उचित नभएको मुसर्रफको दाबी थियो । भारतमा युद्धको उन्माद चढेको आरोप लगाउँदै उसले सधैं यस्तो गर्ने गरेको दाबी गरे । भारतका यस्ता गतिविधिप्रति जवाफ दिनुपर्ने उनको कथन छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.