मापसे गरेर सार्वजनिक सवारी चलाउने १९ जनामाथि कारबाही

मापसे गरेर सार्वजनिक सवारी चलाउने १९ जनामाथि कारबाही

ललितपुर: ललितपुरका विभिन्न स्थानबाट मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने १९ जनालाई ट्राफिक प्रहरीले यो आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्म कारबाही गरेको छ।

सार्वजनिक यातायातमा छड्के जाँच गर्दा चालकले मादकपदार्थ सेवन गरेर सवारी चलाएको पाइएको महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख सीताराम हाछेंथुले बताए। उनले भने,'चालकले मादकपदार्थ खाएर सार्वजनिक सवारी चलाउँदा आफ्नो मात्रै नभई अन्य यात्रुको समेत ज्यान जोखिममा पर्दछ ।'

मदिरा सेवन गरेर सार्वजनिक वा निजी सवारी चलाउँदा चालकलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही हुन्छ भने ट्राफिक प्रहरीले चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पार्दै आएको छ।

सार्वजनिक मुद्दामा भने चालकले जेल सजायसम्मको व्यवस्था छ। निजी सवारीमा चालकलाई रु एक हजारसम्म जरिवाना र सचेतना कक्षा लिनुपर्ने नियम छ। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.