दशैं विदामा पनि अदालत खुल्ने
नुवाकोटः दशैं विदामा पनि नुवाकोट जिल्ला अदालत खुल्ला हुने भएको छ।
जिल्ला अदालत दशैंको घटस्थापनादेखि कोगाज्रत पूर्णिमासम्म शनिवारबाहेक सर्वसाधारणलाई सेवा दिन खुल्ला रहने अदालतका श्रेष्तेदार तथा शाखा अधिकृत उद्धवप्रसाद गजुरेलले वताए।
विहान ११ देखि ३ वजेसम्म वन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने र सुनुवाई गर्ने प्रयोजनका लागि जिल्ला अदालत खुल्ला रहने गजुरेलले वताए। अदालत खुलेपछि सर्वसाधारणलाई सुविधा पुग्ने उनले बताए।