दसैँको मुखमा ज्वरोको प्रकोप, धेरैमा डेङ्गु

दसैँको मुखमा ज्वरोको प्रकोप, धेरैमा डेङ्गु

रत्ननगर: रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिए। अस्पताल आएपछि केही ठीक भयो।

घर गएर आराम गर्न थालेका उनमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग्न थाल्थ्यो। अनि उनलाई चित्त बुझेन र फेरि डेङ्गु पो हो कि भनेर शङ्काले आइतबार रत्ननगर बकुलहर अस्पतालमा डेङ्गु परीक्षणका लागि आएका थिए।

ढकाल भन्छन्,'गाउँभरि डेङ्गु र ज्वरोका बिरामी छन्, मलाइ पनि डेङ्गु लागेको हो कि भनेर पुनः परीक्षणमा आएको।' रत्ननगरकै लक्ष्मी सेन्च्युरीलाई हनहन्ती १०५ ज्वरो आएको छ। उनी अस्पताल श्ययामा छन्। उनको उपचारका लागि आफन्त आशमायाँ विक कुरुवा भएर आएकी छिन्। लक्ष्मीको पनि डेङ्गुको आशङ्कामा रगत परीक्षण भइरहेको छ।

'यो डेङ्गु गाउँभरि छ, गाउँका धेरै मान्छे अहिले बिरामी भएर सुतिरहेका छन्,' आशमायाँले भनिन् – 'सरकारले नियन्त्रण गर्नुपर्यो।' गाउँटोलभरि ज्वरो फैलिएपछि रत्ननगर टोल विकास संस्था समन्वय समितिका सचिव प्रताप डल्लाकोटी र शिक्षक गोपीलाल श्रेष्ठले बजार क्षेत्रको अवस्था अध्ययन गरे।

हरेक मेडिकल अस्पतालमा बिरामीको उत्तिकै चाप रहेको र आएका जति ज्वरोका बिरामी रहेको डल्लाकोटीले जानकारी दिए। तत्कालै नियन्त्रण अभियान नचलाए रत्ननगरमा महामारी फैलने खतरा रहेको डल्लाकोटी आशङ्का गर्छन्।

अस्पतालमा भेटिएका बिरामी ढकाल र बिरामीका आफन्त आशमायाँको भनाइमा पनि रत्ननगरका बजार क्षेत्रका विभिन्न टोलमा अहिले ज्वरोको प्रकोप फैलिएको छ। रत्ननगर अस्पतालको बिरामी अभिलेख शाखाकी अहेब विमला शर्मा अहिले बिरामीको चाप अस्पतालमा बढेको बताइन्।

भदौ १६ गते अस्पतालमा १३४ जना बिरामी उपचारका लागि आएका थिए। एक महिनापछि असोजको १६ गते उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेर २८४ पुगेको शर्माले जानकारी दिए। आएका पनि धेरै ज्वरोका बिरामी छन्। यसले पनि बिरामीको चाप बढेको देखाउँछ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसूदन कोइरालाले रत्ननगरमा गरिएको अनुगमनमा ज्वरोका बिरामी प्रशस्तै देखिएको र उनीहरुमध्ये अस्पताल आएका धेरैलाई डेङ्गु भएको बताए। अहिले डेङ्गुको नियन्त्रण अभियान थालिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.