१० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ

१० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभागका शाखा अधिकृत पक्राउ

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख रुपैयाँ घुससहित एकजना शाखा अधिकृतलाई पक्राउ गरेको छ।

आयोगको विशेष टोलीले १० लाख रुपैयाँ घुससहित वैदेशिक रोजगार विभाग काठमाडौंका शाखा अधिकृत रमेश लामिछानेलाई बिजुली बजारको एक रेस्टुराँबाट पक्राउ गरेको हो।

कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता गर्नुपर्ने वैदेशिक रोजगार संस्थासँग दर्ता प्रमाणपत्र लिने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको सूचनाका आधारमा खटिएको आयोगको टोलीले पक्राउ गरेको हो।

आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घुस रकम पुर्या‍उने शिक्षक अनिल पौडेललाई समेत पक्राउ गरिएको बताए।

यसैगरी आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु रामनरेश रायलाई पनि १२ लाख २५ हजार घुससहित पक्राउ गरिएको जनाएको छ।

ईश्वरपुर नगरपालिका–६ का स्वबासीको जग्गा दर्ताका क्रममा प्रतिधुर १० हजारका दरले घुस लिँदालिँदै आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आइतबार मलङ्गवा–१० पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.