बम आक्रमणमा परी अफगानिस्तानमा चारको मृत्यु, तीस घाइते

बम आक्रमणमा परी अफगानिस्तानमा चारको मृत्यु, तीस घाइते

शिबेर्घान: अफगानिस्तानको उत्तरम भागमा पर्ने जाउज्जान प्रान्तको दर्जाब जिल्लामा भएको एक मोटरसाइकल बम आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ।

यस आक्रमणमा परी अन्य ३० घाइते भएका प्रहरी स्रोतलले जानकारी दिएको छ। काबुलदेखि तीन सय ९० किलोमिटर उत्तरतर्फ पर्ने दर्जाब जिल्लाको बिहानको व्यस्त समयमा सो आक्रमण भएको थियो।

स्नाथीय समयानुसार बिहानको १०ः३० बजे प्राय व्यक्तिहरु किनमेलमा व्यक्त हुने बेलामा सो आक्रमण भएको प्रहरीले जानकारी दिएको छ। यद्यपि जाउज्जान प्रान्तको प्रान्तीय परिषदका सदस्य हलिमा सदातले यस आक्रमणमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८० घाइते भएका पुष्टि गरेका छन्।

अफगानिस्तानको जाउजान प्रान्तमा रक्तपात मच्चाईरहेका तालिवानी लडाकूहरुले भने यस विषयमा केही टिप्पणी गरेका छैनन्। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.