पशु चोरी हुन थालेपछि गोठमै ओछ्यान

पशु चोरी हुन थालेपछि गोठमै ओछ्यान

इटहरी: दसैं सुरु भएसँगै पूर्वी नेपालका सीमावर्ती गाविसमा असुरक्षा बढेको छ । भारतीय सिमाना जोडिएका गाविसहरूमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न थालेका हुन् ।

सीमा क्षेत्र सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले समेत नियमित गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएका गाविसमा शान्ति सुरक्षा कमजोर बनेको स्थानीय बासिन्दाले बताए । पूर्वका सुनसरी, मोरङ, झापा, सप्तरी र सिराहाका सीमावर्ती गाविस निरीक्षण गर्न गएको राष्ट्रिय मानवअधिकार अगोगका सदस्यहरू गोविन्द शर्मा र मोहना अन्सारी नेतृत्वको टोलीसँग स्थानीय बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा नभएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

भारतीय डाँकाको समूहले चोरीडकैती गर्न थालेपछि सीमा क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न थालेको सुनसरी भान्टाबारीका लक्ष्मी यादवले बताए । उनले आयोगको टोलीसमक्ष सीमा क्षेत्रमा गाई, भैंसी, बाख्रा, खसी र धनमाल चोरी हुने डरले गाउँले गोठमा नै ओछ्यान लगाएर सुत्न थालेको बताए ।

सीमा क्षेत्रको शान्तिसुरक्षा र यहाँका सर्वसाधारणको अवस्थाबारे जानकारी लिन सप्तरी पुगेको आयोगको टोलीसमक्ष स्थानीयले प्रहरीको कामकारबाही चित्तबुझ्दो नभएको गुनासो गरेका थिए । आयोगको टोलीले सप्तरीका एसपी भीम ढकाललाई भेटेर जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएको थियो ।

आयोगका सदस्य शर्माले सीमा क्षेत्रका सर्वसाधारणले शान्तिसुरक्षा कमजोर भएको गुनासो गरेकाले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गर्ने बताए ।

आयोगकी प्रवक्ता अन्सारीले पूर्वी तराईका जिल्लामा भएका मानवअधिकार उल्लंघन घटनाका दोषीलाई कारबाही नगर्दा दण्डहीनता बढेको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउने बताइन् । उनले सीमा क्षेत्रमा हराएका सीमास्तम्भ खोजी नगरिएको पाइएको बताइन् ।

आयोगका पूर्वाञ्चल प्रमुख झंकार रावलले झापाको खुदुनाबारीमा भारतीय हात्तीको आतंक र अन्य सीमा क्षेत्रमा चोरी, डकैती र तस्करीका घटनाले गर्दा सर्वसाधारण त्रसित भएको पाइएको बताए । उनले बाढीका कारण विस्थापित भएका पीडित परिवारलाई सरकारले राहत उपलब्ध नगराएको र बाढी प्रभावित क्षेत्रका सर्वसाधारणले शान्तिको अनुभूति गर्न नसकेको बताए ।

सशस्त्र प्रहरी बल पूर्वाञ्चल बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठले पूर्वका विभिन्न जिल्लाका सीमावर्ती ५५ स्थानमा पोस्ट स्थापना गरी अपराध नियन्त्रण गर्ने काम भइरहेको बताए । उनले पर्याप्त जनशक्ति अभावका कारण सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा समस्या भएको बताए ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.