सीजी मोबाइलको क्यास ब्याक योजना

सीजी मोबाइलको क्यास ब्याक योजना

काठमाडौं: चौधरी समूहले बजारमा ल्याएको सीजी मोबाइलले दसैं तिहारलाई लक्षित गरेर 'बिगेस्ट क्यास ब्याक' योजना सार्वजनिक गरेको छ । कम्पनीले विजयादशमी तथा दीपावलीको अवसरमा केही मोडलमा क्यास ब्याक योजना लागू गरेको हो ।

कम्पनीका अनुसार क्यास ब्याक योजना कम्पनीको उत्पादन अस्त्रो पीडीए, इओएन थ्रिजी, इओएन एक्सप्रेस, इओएन लाइट प्लस, इओएन एज, इओएन इलाइट तथा सीजी आइवेयरलगायतका मोडलमा लागू भएको छ । यो योजनाअनुसार बढीमा चार हजार र कम्तीमा ६ सय रुपैयाँ क्यास ब्याक हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अस्त्रो पीडीए स्मार्टफोन खरिदमा ६ सय, इओएन थ्रिजीको खरिदमा नौ सय, इओएन एक्सप्रेसको खरिदमा १५ सय, इओएन लाइट प्लसको खरिदमा १५ सय, इओएन एजको खरिदमा १५ सय, इओएन इलाइटको खरिदमा चार हजार तथा सीजी आइवेयरको खरिदमा एक हजार एक सय ११ क्यास ब्याक पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन चलाउन खोज्ने ग्राहकलाई लक्षित गरेर यो योजना ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.