अमेरिकी डिभी चिट्ठा खुल्योः निःशुल्क यसरी भर्नुहोस्

अमेरिकी डिभी चिट्ठा खुल्योः निःशुल्क यसरी भर्नुहोस्

काठमाडौँः अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार मंगलबार नेपाली समयअनुसार बिहान ९ः४५ बजेटबाट आवेदन खुला भएको हो ।

आजबाट खुला भएको डिभी कात्तिक २२ मा बन्द हुने छ । दूतावासले डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ ।

दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।

आफै डिभी भर्न चाहनोहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् । निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नु पर्ने छ । एउटा मात्र आवेदन दिनुपर्ने छ ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्ने छ । डिभी भर्नका लागि फोटो खिच्दा चस्मा समेत लगाउनु हुँदैन ।

डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा तपाईंलाई चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ ।

प्रत्येक वर्ष खुल्ने डिभीमा नेपालीको आकर्षण उस्तै छ । समय समयमा डिभी चिट्ठा परेर अमेरिका पुगेका नेपालीको पीडादायी कथा पढेकाहरु समेत अमेरिका स्थायी बसोबास गर्न पाउने आशामा डिभी भर्ने गर्छन् ।
निःशुल्क डिभी यसरी भर्नुहोस्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.