सांसदहरुको प्रधानमन्त्रीलाई प्रश्नः संविधान संशोधनको प्रक्रिया किन अघि नबढाएको?

सांसदहरुको प्रधानमन्त्रीलाई प्रश्नः संविधान संशोधनको प्रक्रिया किन अघि नबढाएको?

काठमाडौंः सत्तारुढ दलकै सांसदहरुले संविधान संशोधनको प्रक्रिया अघि नबढाएको प्रति आपत्ति जनाएका छन्।

व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद रामअयोध्या यादवले संविधान संशोधनको प्रक्रिया अघि नबढाएको प्रति आपत्ति जनाए। उनले दशै अगाडि नै संशोधनको प्रक्रिया बढाउने सरकारले प्रतिबद्धता जनाएपनि प्रक्रिया किन नबढाएको भन्दै सरकारलाई प्रश्न गरे।

उनले भने,‘सरकारले कहिले दशैं अघि त कहिले तिहार पछि संशोधनको प्रक्रिया अघि बढाउने बताउँदै आएको छ। यसो गरेर सरकारले झुक्याउन खोजेको त होइन। यसतर्फ सरकारको ध्यान जाओस्।’ चाँडै संविधान संशोधन प्रस्ताव आउनुपर्ने भन्दै उनले सीमांकनको टुंगो नलागेसम्म स्थानीय तहको निर्वाचनमा जान समस्या हुने बताए।

यस्तै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले संविधान संशोधनको प्रक्रिया सरकारले अघि बढाउन ध्यान नदिएको आरोप लगाए।

उनले थारु र मधेसी जनताका माग सम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउने सरकारले प्रतिबद्धता जनाएपनि अहिलेसम्म प्रक्रिया अघि नबढ्नुले आशंका उब्जाएको बताए।उनले भने,‘मधेसी र थारु समुदायको माग सम्बोधन गर्ने त भनिन्छ। तर, अहिलेसम्म कुनै पनि प्रक्रिया अघि बढाइएको छैन।’

सांसद अकवाल अहमद साहले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीनबुँदे समझदारीको कार्यान्वयन हुन नसक्नुुको कारण सरकारले दिनु पर्ने बताए। उनले सरकार गठनका बेला मधेसी दल र सरकारबीच भएका सहमति कार्यान्यन गर्न प्रधानमन्त्री नै गम्भीर नदेखिएको आरोप लगाए।

फोरम लोकतान्त्रिक सांसद गंगा चौधरीले तराई–मधेस, थारु, आदिवासी जनजातिको माग सम्बोधनका लागि संविधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरिन्। उनले इलाकालाई आधार मानेर स्थानीय निकायको पुनःसंरचना गर्ने प्रमुख तीन दलको निर्णयप्रति आपत्ति जनाइन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.