आइएस प्रमुखसहित तीन कमाण्डरको खानामा विषः स्वास्थ्य चिन्ताजनक

आइएस प्रमुखसहित तीन कमाण्डरको खानामा विषः स्वास्थ्य चिन्ताजनक

एजेन्सीः विश्वकै अपराधीक मानिएको आतंकवादी संगठनका प्रमुखसहित तीन कमाण्डरको खानामा विष राखिएको सार्वजनिक भएको छ।

आतंकवादी समूह आइएसका प्रमुख अबु बकर अल बग्दादीसहित उनका तीन कमाण्डरको खानामा विष मिलाइएपछि उनीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । बेलायती चर्चित अनलाइन 'डेली मेल’का अनुसार उनको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको हो ।

आइएसका आफ्नै कमाण्डरहरुले उनको खानामा विष मिसाइदिएको अनुमान गरिएको छ ।

यद्यपी कसले विष मिसायो भन्ने समाचारमा उल्लेख गरिएको छैन । बग्दादी सँगै बस्ने अन्य कमाण्डरको नाम सार्वजनिक भएको छैन । यस अघि पटकपटक उनी मारिएको खबर आएपनि आइएसले त्यो झुट भएको बताउदै आएको थियो ।

विभिन्न हवाई हमलामा उनी पटकपटक घाइते भएको खबर समेत आएका थिए । उनको बासस्थानबारे भने समाचारमा केही उल्लेख गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.