‘भारतसँग गरिएका २५ बुँदे सहमतिको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्’

‘भारतसँग गरिएका २५ बुँदे सहमतिको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्’

काठमाडौंः परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तिमा राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केहीले नक्कली राष्ट्रवादको हल्ला फिँजाएको आरोप लगाएका छन्।

मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तिलाई लिएर बाबुराम भट्टराई लगायत सरकार बाहिर रहेका दलहरुले नक्कली राष्ट्रवाद देखाएर विरोध गरेको आरोप लगाएका हुन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद हो, यो त विरोधको नाममा विरोध मात्रै हो।’

पहिला पहिला भारतीय चलचित्र चल्नपनि दिनुहँुदैन भन्ने बाबुरामले आफू प्रधानमन्त्री हुँदा कुरा बुझेर भारतसँग विप्पा सम्झौता गरेको उल्लेख गर्दै महतले भने,‘हामी त समृद्धिको लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक छ र लगानी सुरक्षित गर्नुपर्छ भन्ने पक्षमा हामी त पहिलादेखि नै थियौं।’

मन्त्री महतले कुनै विवाद नै नभएको विषयलाई विवादित बनाउने, प्रोपागाण्डा बनाउने र जनतामा भ्रम पैदा गर्ने कुराले राष्ट्रिय स्वार्थ पूरा नहुने जिकिर गरे। उनले भने,‘नेपाल र भारतवीच धेरै विषयमा समान धारणा छ, अनि यसबारेमा बोल्दा नराम्रो कुरा के भयो र?’

जनताको भावनामा खेल्नको लागि हुँदै नभएको कुराको आरोप लगाइएकोप्रति कडा आक्रोश पोख्दै मन्त्री महतले भने,‘एउटा बुँदापनि राष्ट्रिय स्वार्थको विरुद्धमा छैन, बरु २५ बुँदामा एक एक बुँदा नेपालको हितमा छन्, सत्ताबाट बाहिर जानेवित्तिकै विरोध गर्नुको कुनै अर्थ छैन्।’

पाकिस्तानको इस्लामवादमा आगामी नोभेम्बरमा हुने भनिएको सार्क सम्मेलन स्थगित भएपछि सरकारले तीन तीन पटक प्रेस विज्ञप्ति जारी किन गरेको भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री महतले भने,‘तीनवटै वक्तव्यको आ–आफ्नै महत्व छ, यी सबै फरक सन्दर्भमा आएका हुन्, सार्क राष्ट्रको अध्यक्षको नाताले हामीले सबैलाई सहज वातावरण बनाउन आह्वान गरेका छौं ।’

नेपाल अन्तर्राष्ट्रिय आतंकवादको खिलाफमा रहेको भन्दै जुनसुकै देशमा यस्तो हुनुहुन्न भन्ने पक्षमा नेपाल सरकार रहेको बताउँदै उनले भने,‘एउटाको भूमि अर्कोको विरुद्धमा प्रयोग हुनुहुँदैन, नेपाल सबै खाले आतंकवादको विरुद्धमा छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.