संसदबाट पेरिस सम्झौता अनुमोदन

संसदबाट पेरिस सम्झौता अनुमोदन

काठमाडौंः व्यवस्थापिका संसद्ले गत वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तन सम्बन्धी सम्झौता अनुमोदन गरेको छ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप) ले कार्वन उत्सर्जन र तापक्रम बृद्धि रोक्नेसहित गरेका विभिन्न सम्झौता औपचारिक रुपमा संसद्ले अनुमोदन गरेको हो ।

दक्षिण एसीयामा नेपाल यो सम्झौता अनुमोदन गर्ने तेश्रो देश हो । यसअघि भारत र मालदिब्सले अनुमोनदन गरिसकेका छन् । वातावरण मन्त्री जयदेव जोशीले संझौता अनुमोदनका लागि संसदमा प्रस्ताव गरेका थिए ।

सम्झौतामा हस्ताक्षर गर्ने एक सय ८० मध्ये ६३ देशले यो अनुमोदन गरिसकेका छन् । आगामी कात्तिकको तेश्रो साता मोरक्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन अघि यो सम्झौता अनुमोदन गर्दा विश्वभरी सकारात्मक सन्देश जाने भएकोले पनि यसलाई विश्वभरी अभियानका रुपमा अघि बढाइएको छ ।

सम्झौतामा जलवायु परिवर्तनको मुख्य कारण हरित गृह ग्यासको उत्सर्जन घटाई तापक्रम २ डिग्रीमाथि जान नदिने मुख्य सहमती भएको थियो । १.५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रोक्नुपर्नेमा समेत अधिकांशले सहमती जनाएका थिए ।

यो सम्झौताले हरित गृह ग्यासको उत्सर्जन कटौती गर्ने कुरालाई कानुनमै समावेश गरेपछि यसको विश्वव्यापी प्रशंसा गर्दै सफल सम्मेलनका रुपमा व्याख्या गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.