बिजुक्छे र विप्लव पहिलोपटक आमनेसामने

बिजुक्छे र विप्लव पहिलोपटक आमनेसामने

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) र नेत्रविक्रम चन्द (विप्लव) बीच मंगलबार भक्तपुरमा भेटवार्ता भएको छ ।

नेकपा माओवादीका महासचिव विप्लव मंगलबार आफ्ना सीमित नेतासहित भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवास पुगेका हुन् । भेट आपसी चिनापर्ची र देशको वर्तमान राजनीतिक अवस्थाबारे समीक्षामा सीमित रहेको नेमकिपाका अध्यक्ष बिजुक्छेले बताए।

उनले नेता विप्लवसँग मंगलबारमात्रै आफ्नो पहिलोपटक आमनेसामने भेट भएको जानकारी दिए । ‘भेटमा आपसी चिनापर्ची र वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गरियो’, अध्यक्ष बिजुक्छेले अन्नपूर्णसँग भने, ‘विप्लवसँग मेरो पहिलो फेस टु फेस भेटघाट भएकाले धेरै कुरा भएन । देशको वर्तमान अवस्थाबारे हाम्रो धारणा समान रह्यो ।’

अध्यक्ष बिजुक्छेका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले भारतसँगको २५ बुँदे सहमति जनाएर नेपाललाई भूटानको कोटीमा पु¥याएकोबारे दुई नेताबीच समान धारणा बनेको थियो ।

त्यस्तै नेकपा–माओवादीका महासचिव विप्लवले नेमकिपाले व्यवस्थापिका–संसदमा निभाएको भूमिकाको प्रशंसा गरेका थिए । उनले व्यवस्थापिका–संसदमा नेमकिपाको उपस्थितिले आफूहरुलाई गौरवान्वित महसुस गराएको जानकारी गराएका थिए ।

‘उहाँ (विप्लव) ले व्यवस्थापिका–संसदमा हामीले निभाएको भूमिकाको प्रशंसा (एप्रिसियट) गर्नुभयो’, अध्यक्ष बिजुक्छेले भने, ‘नेमकिपाबाट आफूहरुले सिकिरहेको जानकारी दिनुभयो ।’

भेटमा नेमकिपाका अध्यक्ष बिजुक्छेसँगै पार्टी केन्द्रीय सचिव सुनिल प्रजापति र नेकपा–माओवादीका महासचिव विप्लवसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सहभागी थिए ।

नेमकिपाका अध्यक्ष बिजुक्छेसँग यसअघि क्रान्तिकारी माओवादी पार्टीका उपाध्यक्ष सीपी गजुरेलले पनि भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.