अझै केही दिन वर्षा हुने

अझै केही दिन वर्षा हुने

काठमाडौं: न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई विभिन्न स्थानमा वर्षा भएको छ। मंगलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले देशमा मध्य र पूर्वी भेगमा बढी असर देखिएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

'न्यूनचापीय प्रणाली अहिलेमध्ये भेगमा केन्द्रित छ, हिजो पूर्वका धेरै स्थानमा पानी परेको थियो, आज दिउँसो मध्यभेगमा पानी पर्ने सम्भावना छ, तुलनात्मक रुपमा पश्चिममा कम असर देखिएको छ,'उनले भने।

मनसुन हटिनसकेको र यसको प्रभावले पनि वर्षात भएको मौसमविद् श्रेष्ठको भनाइ छ। उनका अनुसार स्थानीय वायुको प्रभाव र जलवास्पयुक्त हावा पर्याप्त रहेकाले यो प्रणाली केही दिन जारी रहनेछ।

मनसुन सकिने अन्तिम समय भए पनि यो वर्ष ढिलो गरी मनसुन सुरु भएकाले वर्षा लम्बिएको बताइन्छ । सामान्यतः नेपालमा जुन १० बाट मनसुन सुरु भई सेप्टेम्बर २३ मा हट्छ, तर यो वर्ष केही ढिला गरी मनसुन सुरु भएको थियो।

आज काठमाडौँ उपत्यकासहित मध्यभेगका अधिकांश स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा २, ओखलढुङ्गामा ३ र ताप्लेजुङ्मा ४५ मिलिमिटर वर्षात भएको छ।

महाशाखाका अनुसार बुधवार मध्यभेगमा पानी पर्ने ६० प्रतिशत सम्भावना छ, भने अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.