मोरङमा एक भारतीय महिलाको हत्या

मोरङमा एक भारतीय महिलाको हत्या

विराटनगर: मोरङमा एक भारतीय महिलाको हत्या भएको छ। भारत सिलिगुडीकी २९ वर्षीय कमला शर्मा दाहालको हत्या भएको हो। कमलाको शव कुटपिटपछि हत्या गरेर फ्यालेको अवस्थामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको वयरवन –९ मा फेला परेको प्रहरीले जनाएको छ।

उनको शव भेटिएको १० दिनपछि मात्र सनाखत भएको छ। गत असोज १० गते शव फेला परे पनि लामो समय सम्म सनाखत हुन सकेको थिएन। मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले कमलाको हत्या नै भएको र हत्यामा संलग्नको पहिचान भइसके पनि पक्राउ भने गर्न नसकिएको बताए।

‘भारत घर भएकी नेपाली मुलकी महिलाको हत्या मोरङमा भएको छ,’ उनले भने, ‘अनुसन्धानबाट हत्यामा संलग्नको पहिचान भइसके पनि पक्राउ भने गर्न सकिएको छैन।’ एसपी भण्डारीका अनुसार हत्यामा संलग्न भारतीय भूमिमा फरार रहेका कारण पक्राउका लागि भारतीय प्रहरीसंग समन्वय गर्ने काम भइरहेको छ।

शव कसको हो भनेर खुल्न नसकिरहेको अवस्थामा उनका माइती पक्ष आएपछि शवको पहिचान भएको हो। प्रहरीले शवको तस्बिर सार्वजनिक गरेर पहिचानका लागि आग्रह गरेको थियो। एसपी भण्डारीले भने, ‘लामो दिनदेखि बेपत्ता भएको र मोरङमा शव भेटिएको भन्ने जानकारी पाएपछि कमलाका भाइ बुझ्न आएका थिए। भाइ आएर दिदीको शव रहेको बताएपछि मात्र सनाखत भएको हो।’

झापाको विर्तामोड माइती भएकी कमलाका श्रीमानको डेढ वर्ष अघि सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो। आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार घरबाट उनी आँखाको उपचारका लागि भनेर विर्तामोड आएकी थिइन्।
घरबाट हिंडेको पाँच दिनसम्म नआएपछि आफन्तले माइतीमा खवर गरेर सोधखोज गरेका थिए। कमलाका एक छोरा र एक छोरी छन्। सासु ससुरा र दुई देवरका साथमा उनी सिलिगुडीमै बस्दै आएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.