पहिरोका कारण बाटोमै रोकिएपछि बाबुरामले गरे फोनबाटै सम्बोधन

पहिरोका कारण बाटोमै रोकिएपछि बाबुरामले गरे फोनबाटै सम्बोधन

गोरखाः नयाँ शक्ति नेपालका संयोजक डा‍. बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा आयोजित कार्यक्रमलाई फोनबाटै सम्बोधन गरेका छन्। बडा दशैंको अवसरमा जिल्लाबासीसंग शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन गोरखा आउन लागेको भट्टराई आँबुखैरेनीमा गएको पहिरोका कारण सडक अबरुद्ध भएपछि फोनबाटै कार्यक्रमलाई सम्बोधन गरेका हुन्।

गोरखाको कबर्डहलमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन भट्टराई विहान ९ बजेदेखि बाटोमै रोकिएका थिए। राजमार्गबाट गोरखा जाने बैकल्पिक बाटो नहुँदा गोरखा जान नसकेका भट्टराईले दिउँसो साढे. एक बजे मोबाइलबाटै सम्बोधन गरेका हुन्।

सम्बोधनमा उनले पहिरोले थुनिकोमा दुःख ब्यक्त गरेका थिए। साथै उनले छिटोभन्दा छिटो संविधान संशोधन गरेर संबिधान कार्यान्वयनमा जानु पर्नेमा जोड दिए। ‘संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यवस्था गर्नुपर्छ,’उनले भने,‘देश विकासका लागि स्थिर सरकार चाहिन्छ। अस्थिर सरकारले देश विकास गर्न सक्दैन।’

स्थिरताका लागि पाँच वर्षसम्म सरकार चलाउन सक्ने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति रहने ब्यबस्था संविधानमा गरिनुपर्नेमा उनको जोड थियो। उनले मोबाइलबाट करिब १५ मिनेट सम्बोधन गरेका थिए। सम्बोधनपछि उनी बिच बाटोबाटै काठमाडौं फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.