'देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ'
!['देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ'](https://annapurnapost.prixacdn.net/media/albums/kp-oli-57f4d0372aff26.67418988_Qz5z3l9huz.jpg)
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन्।
चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखी भन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरेका हुन्।
बाल अधिकारको संरक्षणका लागि सरकारको मात्र नभई संस्थागत र व्यक्तिगतबाट योगदान हुनुपर्ने पनि उनले बताए। ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गरेका थिए।
नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले संसद्मा रहेर प्रारम्भिक बाल विकासका पक्षमा विगतमा पनि आफूहरुले काम गरेको बताउँदै संविधानको मौलिक हकमा व्यवस्था गरिएको बालअधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले चाइल्ड नेपालले बालबालिकाका लागि सञ्चालन गर्ने ‘माया हाम्रो अधिकार’ अभियानको शुभारम्भ गरेका थिए। रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)