पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दसैँमा घर हिडेका हजारौँ यात्रु अलपत्र

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दसैँमा घर हिडेका हजारौँ यात्रु अलपत्र

दमौलीः एक्कासी सुख्खा पहिरो खसे पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । तनहुँको आँबुखैरेनी ८ ऐनापहरास्थित सडकमा झरेको पहिरो हटाउन पाँच डोजर खटाइएको छ ।

बुधबार बिहान आठ बजे ठूलो ढिस्को राजमार्गमा खस्दा दिनभर यातायात ठप्प भएको छ । सैयौं सवारी साधन तथा हजारौं यात्रु सडकमै अलपत्र परेपछि तनहुँ र चितवनबाट समेत डोजर मगाएर पहिरो हटाउने काम भइराखेको छ ।

करिब ८० मिटर राजमार्गको भागमा पहिरो खसेकामा आधा भन्दा बढी हटाइसकिएको तनहुँका प्रहरी उपरीक्षक कृष्णकुमार महतले बताए । उनले रातीसम्म खटेर भए पनि बुधबारै अवरोध खुलाउने बताए ।

प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले बिहानैदेखि सम्पूर्ण शक्ति लगाएर पहिरो हटाउने काम भइरहेको भन्दै जुनसुकै अवस्थामा बुधबारै राजमार्ग पूर्णरुपमा सञ्चालनमा ल्याउने बताए । ‘धेरै प्रगति भएको छ,’ उनले भने ।

पाँचवटा डोजरले सडकको दुवै भागबाट पहिरो हटाइरहेका छन् । सडक विभाग, मस्र्याङदी जलविद्यूत आयोजना र निजी क्षेत्रका डोजर पहिरो हटाउने काममा सक्रिय छन् ।

राजमार्गमा सवारीको लाइन
बिहानै खसेको पहिरोले राजमार्गको पुरै भाग ढाकेका कारण मानिसको आवतजावत समेत ठप्प बनेको छ । दशैंका बेला भएको अवरोधका कारण राजमार्ग हुँदै पोखरा, गोरखा, बाग्लुङ, बेनी लगायत पश्चिम नेपाल जाने एक मात्र यातायात सेवा ठप्प बनेको छ।

नौ घण्टादेखि राजमार्गमा अवरोध भएका कारण सवारीको लामो लाइन पृथ्वी राजमार्गभर यत्रतत्र देख्न पाइन्छ । यातायात आगमनमा असहजता नआओस् भनेर ठाउँ ठाउँमा सवारी साधन रोकिएको ट्राफिक प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.