११ घन्टापछि खुलेको पृथ्वी राजमार्ग पुनः अवरुद्धः हजारौँ यात्रु अलपत्र

११ घन्टापछि खुलेको पृथ्वी राजमार्ग पुनः अवरुद्धः हजारौँ यात्रु अलपत्र

गोरखाः साँझ साँढे ६ बजेबाट केहीबेर एकातर्फी सुचारु भएको पृथ्वी राजमार्गको आँबुखैरेनी सडकखण्ड केहीबेरदेखि फेरि अवरुद्ध भएको छ ।

अचानक पहिरो थपिएपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक रमेश श्रेष्ठले जानकारी दिए ।
‘फेरि अचानक पहिरो गयो’ श्रेष्ठले भने ‘पहिरो त्यति ठूलो त होइन ।’

एकतर्फी बाटो खुलेपछि डोजर फर्किसकेकाले तत्काल बाटो खुल्ने कठिन भएको छ । ‘डोजर फर्किसकेको छ, बोलाउने प्रयास भइरहेको छ,’ श्रेष्ठले भने, ‘डोजर ल्याउन सकियो भने बत्ती बालेर पनि बाटो खुलाउने प्रयास गर्छौं तर कतिसमय लाग्छ यसै भन्न सक्ने अवस्था छैन् ।’

लामो समयदेखि सडक अबरुद्ध हुँदा दशैंका लागि आवतजावत गर्ने यात्रु समस्यामा परेका छन् । टाढादेखि आएका यात्रुहरु दिनरात जाममा बस्नु पर्दा र खानेकुरा समेत नपाउँदा समस्यामा परेका छन् ।

बुधबार बिहान आठ बजे झरेको पहिरो पन्छाउन दिनभर लागेको थियो । आँबुखैरेनीदेखि करिब एक किलोमिटर पूर्व ऐनापारमा पहिरो खस्दा करिब एकसय मिटर सडक ढाकिएको थियो ।

सडक अबरुद्ध हुँदा दशैंका बेला आउजाउ गर्ने यात्रु समस्यामा परेका छन् । एम्बुलेन्स, पर्यटकको गाडी, सार्वजानिक, निजी सयौंको संख्यामा सवारीसाधन सडकमा लाम लागेका थिए । राजमार्ग जोडिने वैकल्पिक बाटो नहुँदा यात्रुहरु समस्यामा परेका हुन् ।

बिहानै खसेको पहिरोले राजमार्गको पुरै भाग ढाकेका कारण मानिसको आवतजावत समेत ठप्प बनेको थियो । दशैंका बेला भएको अवरोधका कारण राजमार्ग हुँदै पोखरा, गोरखा, बाग्लुङ, बेनी लगायत पश्चिम नेपाल जाने एक मात्र यातायात सेवा ठप्प बनेको छ।

दिनभर राजमार्गमा अवरोध भएका कारण सवारीको लामो लाइन पृथ्वी राजमार्गभर यत्रतत्र छ । यातायात आगमनमा असहजता नआओस् भनेर ठाउँ ठाउँमा सवारी साधन रोकिएको ट्राफिक प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.