भारतीय राष्ट्रपति जनकपुर, पोखरा र लुम्बिनी जाने

भारतीय राष्ट्रपति जनकपुर, पोखरा र लुम्बिनी जाने

काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमणमा जनकपुर, पोखरा र लुम्बिनी पनि जाने भएका छन् ।मुखर्जी कात्तिक १७ देखि तीनदिने राजकीय भ्रमणमा नेपाल आउने तय भएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताए ।

मन्त्री महतका अनुसार भारतीय राष्ट्रपति कात्तिक १७ अपराह्न नेपाल आइपुग्नेछन् । मुखर्जीले एक रात पोखरामा बिताउने र त्यसपछि जनकपुर, पोखरा र लुम्बिनी भ्रमण गर्ने कार्यक्रम तयार भएको उनले बताए ।

यसैबीच नेपालका लागि भारतीय राजदूत रन्जित रेले पछिल्लो समय दुवैतर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

रिपोर्टर्स क्लबले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा राजदूत रेले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपेको बताए ।

'भाइटीकालगत्तै भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने, नयाँदिल्लीमा नेपाल-भारत प्रबुद्ध समूहको बैठक सम्पन्न भएको छ । सबै उच्चस्तरीय भ्रमणले दुवै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुर्‌याउँछ । दुवै देशले सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ', उनले भने ।

२१ औं शताब्दीमा नेपाल-भारत दुवैको एउटै उद्देश्य समृद्दि र विकास रहेको उल्लेख गर्दै राजदूत रेले भने, 'दुवै देशको एउटै उद्देश्य छ, त्यो भनेको आर्थिक समृद्धि हो । यसका लागि धेरै प्रयास र प्रयत्न गर्नुपर्छ । त्यसका लागि हामीले रफ्तार बढाउनुपर्छ, भारतको अहिले ७ दशमलवको जीडीपी रेट छ । हामी दोहोर अंकको आर्थिक वृद्धिका पक्षमा छौं । यो भारतले एक्लैले गर्न सक्दैन, चुनौती धेरै छन् । हाम्रा लागि छिमेकी पहिलो प्राथमिकता छ ।'

भारतीय लगानीमा बन्ने अरुण तेस्रोका लागि पनि बजेट स्वीकृति भइसकेकाले अब उक्त प्रोजेक्ट द्रुतगतिमा सञ्चालन हुने उनको विश्वास थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.