'नयाँ समीकरणका लागि चलखेल'

'नयाँ समीकरणका लागि चलखेल'

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दाबी गरेका छन् ।

उनले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको र उक्त सरकारको लागि मन्त्री बन्ने नेताको सूचीसमेत तयार भइसकेको दाबी गरे ।

नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित विजया दशमी, नेपाल संवत् ११३७ नयाँ वर्ष, दीपावलीको शुभकामना कार्यक्रममा अध्यक्ष बिजुक्छेले सधैं सत्ता र पद चाहिरहने एमाले यो बाटोमा जानसक्ने सम्भावना रहेको बताए ।

'अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेस सरकारको नेतृत्वमा आउन चाहिरहेको छैन', उनले भने, 'भारतीय विस्तारवादले पनि कांग्रेसभन्दा अरु दलकै नेतालाई सरकारको नेतृत्व खोजिरहेको छ ।'

उनले प्रधानमन्त्री दाहाललाई भारतीय विस्तारवादको कठपुतलीको संज्ञा दिए । 'प्रधानमन्त्री दाहाल भारतीय विस्तारवादका कठपुतली हुन् । गएको ६०-७० वर्षमा भारतीय विस्तारवादले गर्न नसकेको काम अहिले दाहालमार्फत गरेको छ', अध्यक्ष बिजुक्छेले भने ।

उनले प्रधानमन्त्री दाहालका सचिव तथा सल्लाहकारसमेत भारतीय दलाल भएको दाबी गरे । 'दाहालका सचिव तथा सल्लाहकारहरू भारतीय विस्तारवादका दलाल नभएका भए नेपाललाई भूटानको स्थितिमा पुर्‌याउन सकिने थिएन', उनले भने, 'त्यसैले दाहालले भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्नु राम्रो संकेत होइन ।'

उनले भारतीय विस्तारवादविरुद्ध कुनै पनि बेला संघर्ष र आन्दोलन गर्नुपर्ने स्थिति आएको भन्दै त्यसको लागि तयार रहनु युवाहरुलाई निर्देशन दिए । अबको आन्दोलन प्रधानमन्त्री, त्यसको कार्यालय बालुवाटार र सिंहदरबार नभई सीधै भारतीय दूतावास केन्द्रित गर्नुको विकल्प भएको उनको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेले स्थानीय तहबारे तीन दलले गरेको सहमतिअनुसार चैतभित्र निर्वाचन हुने सम्भावना नभएको बताए । तीन ठूला दलबीच भएको सहमति कार्यान्वयन हुनेमा त्यसका नेता तथा साँसदहरू नै विश्वस्त नभएको उनको भनाइ थियो ।

उनले निर्वाचनमा थ्रेस होल्ड राख्ने ठूला दलको सोच र कार्यशैली पञ्चायती भएकोसमेत आरोप लगाए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.