नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन

नेपाली बनमा पाँच करोड ५० लाख टन कार्बन

काठमाडौं: नेपालका बनजंगलमा अर्ब पाँच करोड ५० लाख टन कार्बन सञ्चित छ । विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो ।

फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७६.९५ टन कार्बन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ । बन स्रोत सर्वेक्षण परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक यामप्रसाद पोखरेलका अनुसार कार्बन सञ्चितीको अवस्था थाहा पाएका कारण त्यसलाई अवसरका रूपमा उपयोग गर्न सकिन्छ । पोखरेल भन्छन्, 'अब कि हामीसँग भएको कार्बन बढाउनुपर्छ, कि घटाउनुपर्ने बाध्यता हामीसँग छ ।'

अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्बन बिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ । बनको समग्र अवस्था र कार्बन सञ्चितीबारे आकर्षक तथ्य सार्वजनिक गर्दै नेपालको बन क्षेत्रको पहिलो विस्तृत सर्वेक्षण बन स्रोत सर्वेक्षण औपचारिक रूपमा बुधबारदेखि सकिएको छ ।

सर्वेक्षणको प्रतिवेदन गत वर्ष नै सार्वजनिक हुनुपर्ने भए पनि प्रतिवेदनको विश्वसनीयतामा प्रश्न उठेकाले सार्वजनिक गरिएको थिएन । केराबारी, चिया बगान तथा अन्य क्षेत्रलाईसमेत बनमा समावेश गरेको भन्दै तयार भएको प्रतिवेदन बन तथा भूसंरक्षण मन्त्रालयका सहसचिवको संयोजकत्वमा भएको विश्वसनीयता मापन समितिले अस्वीकार गरेको थियो ।

अहिले भने ती सबै समस्या समाधान गरी प्रतिवेदनका निष्कर्ष केही अघि सार्वज्निक गरिएको थियो । बन अनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देशक प्रकाश माथेमाले सबै गल्तीकमजोरी सुधार गरेर प्रतिवेदन सार्वजनिक गरेको प्रस्ट पारे ।
२६ वर्षपछि भएको बन स्रोत सर्वेक्षण तथा अनुसन्धानले ५ प्रतिशतभन्दा बढीले बन बढेको तथ्य पनि बाहिर ल्याएको छ । नेपालको कुल भूभागको ४४.७४ प्रतिशत क्षेत्र बन तथा बुट्ट्यानले ढाकेको तथ्यांक छ ।

सन् १९९० को सर्वेक्षणअनुसार बन र बुट्ट्यान गरी ३९.६ प्रतिशत क्षेत्र बन तथा बुट्ट्यानले ढाकेको थियो । बन सर्वेक्षण २०१६ अनुसार ४०.३६ प्रतिशत क्षेत्र (५९ लाख ६२ हजार हेक्टर) घना जंगलले र ४.३८ प्रतिशत (६ लाख ४८ हजार हेक्टर) बुट्ट्यानले ढाकेको छ ।

यसपटकको अनुसन्धानले ०.५ हेक्टरभन्दा बढी क्षेत्रमा बन भएका सबै भूभागलाई समेटेको जानकारी बन स्रोत सर्वेक्षणमा समावेश गरिएको थियो । २६ वर्षअघिको सर्वेक्षणले भने बनका यति साना टुक्रालाई अध्ययनमा समावेश नै गरेको थिएन ।

समग्र बन क्षेत्र बढेको सुखद तथ्यांक सार्वजनिक भइरहँदा तराईमा भने बनको अवस्था झन् नाजुक बनेको छ । नेपालमा सबैभन्दा धेरै बन मध्यपहाडी क्षेत्रमा ३७.८० र उच्च पहाडी र हिमाली भेगमा ३२.२५ छ । कुल बन क्षेत्रको ६.९० प्रतिशत बन क्षेत्र मात्रै तराईमा छ भने २३.०४ प्रतिशत बन चुरे क्षेत्रमा छ ।

सर्वेक्षणअनुसार बन क्षेत्रमा १० सेमिभन्दा बढी व्यास भएका रूखको संख्या २ अर्ब ५६ करोड ३३ लाख छ । यसैगरी काण्डको कुल आयतन ९८ करोड २३ लाख घनमिटर रहेको अनुमान गरिएको छ । यसको अर्थ नेपालमा ठूला रूख बढेका छन् भने साना रूखको संख्या न्यून छ । बूढा रूख हटाउने र साना रूख बढाउँदा मात्रै बनको दिगो व्यवस्थापन हुने अध्ययनको निष्कर्ष छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.